कात्तिक ३० मा आमचुनाव !

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन ३० कात्तिक २०७९ मा प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्नुअघि आयोग पदाधिकारीहरु परामर्शमा छन्, त्यसक्रममा ३० कात्तिक बुधबार उपयुक्त हुने राय आएको छ ।

प्रमुख प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आफूहरु आम चुनावको मितिबारे छलफलमा रहेको बताउँछन् । छिट्टै प्रधानमन्त्रीलाई भेटेर औपचारिक रुपमै निर्वाचनको मिति प्रस्ताव गरिने उनले जानकारी दिए । बिहीबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा भएको छलफलमा प्रमुख आयुक्त थपलियाले भने, ‘ट्वाक्कै निर्वाचनको मिति भनिदिँदा संसदमा गएर निर्वाचनको मिति तोकेछन् भन्लान, तर आयोगले मंसिर १० गते भित्र प्रदेश र संघको निर्वाचनको काम सक्ने गरी आन्तरिक तयारी गरेको छ ।’

निर्वाचन आयोग स्रोतका अनुसार कात्तिक २८ भन्दा अगाडि चुनाव गर्न निर्वाचन आयोगको आफ्नो तयारी पुग्दैन ।

किनकी अहिले मतदान नामावली संकलन भइरहेको छ । काठमाडौंका साथै झापा, मोरङ लगायतका धेरै जनघनत्व भएका जिल्लाहरुमा दैनिक मतदाता नामावलीमा नाम लेखाउनेको संख्या उल्लेख्य छ । त्यसैले अझै एक साता नाम दर्ता कायमै राख्ने आयोगको तयारी छ । त्यसपछि निर्वाचन तयारीलाई १२० दिन राखेर मिति घोषणा गर्दा कात्तिक २८ अगाडि सम्भव छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *