‘शनिबार बेलुकी नयाँ मन्त्री आउँछन्’- मुख्यमन्त्री पाण्डे
थानकोट ।
बागमती प्रदेशका मुख्य मन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले शनिबार बेलुकीसम्ममा नयाँ मन्त्रीहरुको सपथ हुने बताएका छन् ।
पार्टी कार्यालयमा पत्रकारले मन्त्रीहरुले फिर्ता हुन नमानेको बारेमा सोधेको प्रश्नको उत्तर दिँदै पाण्डेले भने, ‘फिर्ता हुने नहुने भोलि बेलुकीसम्म थाहा पाउनुहुन्छ’, उनले भने , ‘यी साथीहरु जान्छन्, अर्को लट आउँछ ।’
एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो ।