एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपकाे सेमिफाइनलमा आज नेपाल युएई भिड्ने

थानकोट ।
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले बलियो टोली युएईको सामना गर्दैछ । युएईले समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।
मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको थियाे ।
युएईले ४ खेलमा ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो । नेपाल समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ४ खेलमा ६ अंक जोडेको थियो ।
नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँडा हङकङसँग पराजित भएको थियो ।
यस्तै अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।