एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपः सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने

Thankot Times

थानकोट ।

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बलियो टोली युएईको सामना गर्ने भएको छ ।

युएईले समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

मलेसियाको किनरारा ओभलमा बुधबार अन्तिम लिग खेलमा कतारलाई हराउँदै युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

युएईले ४ खेलमा ७ अंक जोड्यो । मलेसिया ६ अंक जोडेर समूह उपविजेता बन्यो । नेपाल समूह ‘बी’ को उपविजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ४ खेलमा ६ अंक जोडेको थियो ।

नेपालले भुटान, कुवेत र बहराइनलाई हराउँडा हङकङसँग पराजित भएको थियो ।

यस समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बन्यो । अब नेपालले सेमिफाइनलमा युएईसँग शुक्रबार खेल्नेछ ।

यस्तै अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ । फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *