एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपः नेपाल हङकङसँग पराजित

Thankot Times

थानकोट ।

मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले मंगलबार हङकङसँग ७ विकेटको पराजय भोगेको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ३६ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनमा अविजित रहिन् । ओपनर विन्दु रावल २९ बलमा ३ चौकासहित २३ रनमा आउट भइन् ।

सातौं विकेटका लागि अप्सरी बेगम र रुविनाले ४४ रनको अविजित साझेदारीको गरेका थिए । अप्सरी १६ बलमा २ चौकासहित २२ रनमा अविजित रहिन् ।

हङकङकी बेट्टी चानले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । एलिसा हब्र्बाडले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । मर्याम बिवीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।

नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

हङकङको जितमा मारिको हिलले सर्वाधिक ४५ रन जोडिन । नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन बनाईन् ।

नेपालकी संगीता राईले २ तथा सीता मगरले १ विकेट लिईन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *