चन्द्रागिरिमा असार ९ गतेबाट ५ देखी ११ वर्ष सम्मका बालबालिकालाई कोरोना भाइरस विरूद्धको खोप

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा असार ९ गते बाट १५ गतेसम्म ५ देखी ११ वर्षसम्म उमेर समुहका बालबालिकाहरूलाई कोरोना भाइरस विरूद्धको खोप दिइने भएको छ । नगर क्षेत्र भित्रका विद्यालयमा अध्ययनरत बालबालिकालाई समबन्धित विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पाैडेलले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

सो उमेर समुहका अन्य बालबालिकाले पायक पर्ने स्वास्थ्य संस्थाबाट सो खोपको पहिलो मात्रा लगाउन सक्ने बताइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *