एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपः नेपाल र हङकङ भिड्दै

Thankot Times

थानकाेट ।

मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

किनरारा ओभलमा नेपालले चौंथो खेलमा हङकङको सामना गर्न लागेको हो । नेपाल र हङकङबीचको खेल मध्याह्न १२:०० बजे सुरु हुनेछ ।

हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ । यस्तै नेपाल समूह विजेता बन्न चाहन्छ । नेपाल यस अघि नै सेमिफाइनल पुगिसकेको छ ।

हङकङ नेपालको लागि नौलो प्रतिद्वन्दी हैन् । यस अघि नेपालले हङकङसँग दुई खेल खेलेको छ । जसमा नेपालले एक जित र एक हार व्यहोरेको छ ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।

२ खेलमा ४  अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस अघि नेपालले भुटानलाई ५० रन , कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *