एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

थानकोट ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् । सोमबार भएको निर्वाचनमा नेम्वाङले ४५ मत पाए । त्यस्तै पराजित भएका शेर्पाले ३९ मत ल्याए । अध्यक्षमा निर्वाचित नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य गरी २१ सदस्यीय कार्यसमितिको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका थिए ।