मच्छेगाउँमा मृत फेला परे सिन्धुपाल्चोकका थापा
थानकोट ।
चन्द्रागिरि नगरपालिका-९, मच्छेगाउँमा एकजनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ स्थायी घर भएका रामकाजी थापा मृत अवस्थामा भेटिएका हुन् ।
प्रारम्भिक जाँचबुझमा उनी घरको चार तला माथिबाट खसेको हुनसक्ने देखिएको मैनालीले बताए । ‘यद्यपि, विस्तृत अनुसन्धान भइरहेको छ’ उनले भने । मैनालीका अनुसार उक्त घरमा डेरामा बस्दै आएका थिए ।
थापाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको मैनालीले बताए ।