चन्द्रागिरि ३ थानकोटमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन सुरू

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिकामा वडागत रूपमा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलनको कार्य सुरू हुने भएको छ । चन्द्रागिरि ३ थानकोटमा असार ७ गते मंगलबारबाट दैनिक ६० जनाका दरले परिचयपत्रका लागि विवरण संकलन हुने जनाइएको छ । थानकोटस्थित वडा कार्यालयमा हरेक दिन बिहान १० बजेदेखी अपरान्ह ४ बजेसम्म हुने विवरण संकलनका लागि उक्त वडामा स्थायी बसोबास गरेको हुनुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र लिनका लागि नेपाली नागरिकता प्रमाणपत्र/राहदानी अनिवार्य रूपमा पेश गर्नुपर्नेछ भने विवाहित व्यक्तिले नागरिकता प्रमाणपत्र/ राहदानीका अतिरिक्त लागि विवाह दर्ता प्रमाणपत्र तथा बसाँइसराई गराएका नागरिकहरूका लागि बसाँइसराईको प्रमाणपत्र समेत सक्कल नै पेश गर्नुपर्नेछ ।

त्यस्तै, एक महिलाहरूका लागि श्रीमानको मृत्यदर्ताको प्रमाणपत्र तथा एकल पुरूषका लागि श्रीमतीको मृत्युदर्ताको प्रमाणपत्रको सक्कल पेश गर्नु पर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाको कार्यालयमा भने गत माघ १६ गतेबाट नै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको कार्य जारी छ । नगरका अन्य वडाहरू पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको कार्यका लागि तयारी भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *