एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपः नेपाललाई बहराइनको १५ रनको टार्गेट

थानकोट ।
मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपाल र बहराइनबीचको खेल वर्षाले प्रभावित भएको छ । ७ ओभरमा छोट्याइएको खेलमा बहराइनले ६ विकेट गुमाउँदै १४ रन बनाएपछि नेपालले १५ रनको लक्ष्य पाएको छ ।
बहराइनका लागि इशाना सुहानको ६ रन नै सर्वाधिक रह्यो। बहराइनलाई सस्तैमा समेटन कविता कुँवर र अस्मिना कर्माचार्यले २/२ विकेट लिए भने सवनम राईले एक विकेट लिइन्।
यसअघि लगातार दुई खेलमा जित निकालेको नेपाल आज तेस्रो जित निकाल्दै सेमिफाइनल प्रवेशको लक्ष्यसहित मैदान उत्रिएको छ। आजको खेलमा जित निकाले एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ।
समूह बी को नेपाल २ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा छ। बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा छ। यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो।
नेपालले अन्तिम खेलमा भोलि हङकङसँग प्रतिस्पर्धा गर्नेछ। १० टोली सहभागी रहेको च्याम्पियनसिपमा फाइनलमा पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा स्थान बनाउने छन्।