राप्रपा चन्द्रागिरिको सचिवमा सुमन मैनाली, कोषाध्यक्षमा रवि श्रेष्ठ
थानकोट ।
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको चन्द्रागिरि नगर कमिटि सचिव तथा कोषाध्यक्ष पदमा क्रमश सुमन मैनाली तथा रवि श्रेष्ठ नियुक्त भएका छन् ।
सो पार्टीका नगर कमिटि अध्यक्ष रन्जन कुमार गिरीले थानकोट टाइम्सलाई दिनुभएको जानकारी अनुसार रिक्त रहेको ती पदमा मैनाली र श्रेष्ठलाई नियुक्त गरिएको हो।