एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपः नेपाल र बहराइन भिड्दै

Thankot Times

थानकोट ।

मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।

किनरारा ओभलमा नेपालले तेस्रो खेल बहराइनको सामना गर्न लागेको हो । नेपाल र बहराइनबीचको खेल बिहान ८:१५ बजे सुरु हुनेछ ।

बहराइनविरुद्ध मैदान उत्रदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । यस्तै नेपाल सेमिफाइनल पुग्न चाहन्छ ।

बहराइन नेपालको लागि नौलो प्रतिद्वन्दी हो । यस अघि नेपालले बहराइनसँग खेलेको छैन् । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले २ खेलमा ४ अंक जोडेको छ ।

बहराइनलाई हराएमा नेपाल एक खेल अगाबै सेमिफाइनलमा पुग्नेछ । बहराइन २ खेलमा १ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस अघि नेपालले भुटानलाई ५० रनले हराएको थियो । त्यस्तै कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको थियो ।

नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *