मिस नेपाल २०२२ को उपाधी प्रियंका रानी जोशीलाई

Thankot Times

थानकोट ।

मिस नेपाल २०२२ को विजेतामा प्रियंका रानी जोशी चुनिएकी छिन् । शनिबार सम्पन्न फाइनलमा जोशी २४ जना सुन्दरीहरूलाई पछि पार्दै नयाँ नेपाल सुन्दरी चुनिएकी हुन् ।

कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिक रुपमै आयोजनाभएको हो हो । यसपटकको संस्करणमा ६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका २४ जना सुन्दरी प्रतिस्पर्धामा उत्रिएकाथिए । यसपटकको मिस नेपालमा अहिलेसम्मकै धेरै आवेदन परेको थियो । झन्डै ८०० सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै अन्तिम २४ जना छानिएको थिए ।

त्यस्तै मिस नेपाल अर्थ श्रृषा श्रेष्ठ घोषित हुँदा मिस नेपाल इन्टरनेशनलमा न्यासी खड्का चुनिएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ