एसिसी महिला टि-२० च्याम्पियनसिपः नेपालको लगातार दोश्रो जित

Thankot Times

थानकोट ।

नेपालले एसिसी महिला टि-२० च्याम्पियनसिपमा कुवेतविरुद्ध २५ रनको जित दर्ता गराएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले मलेसियाको क्वालालम्पुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २७ बल खेलेर सर्वाधिक ३४ रन बनाउँदा इन्दु वर्माले ३३ बल खेलेर २८ रन जोडिन् । यस्तै ओपनर ज्योति पाण्डेले १५, विन्दु रावलले रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कुवेतका लागि मरियम्मा हैदरले दुई तथा मरियाम ओमार र खदिजा खालीले एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।

कुवेतकी ओपनर प्रियादा मुरलीले ४० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक सर्वाधिक ३१ रन बनाइन् । कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १६ बलमा १४ रन बनाइन् ।

नेपालकी सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । अश्मिना कर्माचार्य, संगिता राई र इन्दु बर्माले समान १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् ।

समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् ।

नेपालका यसपछिका खेलहरू

असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन

असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ

 

असार १० (जुन २४ ) – सेमिफाइनल

असार ११ (जुन २५ ) – फाइनल


Leave a Reply

Your email address will not be published. Required fields are marked *