नेपालले क्यानडासँग टी-२० र एकदिवसीय सिरिज खेल्ने

Thankot Times

थानकोट ।

नेपालले क्यानडासँग टी-२० र एकदिवसीय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार क्यानडा र नेपालबीच दुई-दुई खेलको टी-२० र एकदिवसीय सिरिज हुन लागेको हो।

नेप्लिज क्यानेडियन क्रिकेट क्लबको आयोजनामा हुने सिरिज आगामी असार १४ देखि २१ गतेसम्म क्यानडामा हुनेछ।

पहिलो टी-२० असार १४ मा र दोस्रो टी-२० असार १५ मा हुनेछ। यस्तै पहिलो एकदिवसीय खेल असार २० मा र दोस्रो एकदिवसीय असार २१ मा हुनेछ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड, नामिबिया र नेपालबीचको त्रिकोणात्मक सिरिज खेल्न नेपालले स्कटल्यान्ड जानुअघि क्यानडा भ्रमण गर्न लागेको हो।

स्कटल्यान्डमा हुने सिरिज आगामी असार २७ देखि सुरू हुनेछ। सिरिजमा नेपालले पहिलो खेल नामिबियाविरूद्ध खेल्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *