स्वरोजगार बन्न चाहनेहरूका लागि चन्द्रागिरि नगरपालिका १५ नंं वडा कार्यालयले १२ दिनको तालिम सञ्चालन गर्दै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १५ को कार्यालयले स्वरोजगार बन्न इच्छुक व्यक्तिहरूका लागि लक्षित गरि १२ दिनको तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ । वडा कार्यालयसँगको सहकार्यमा दि डेल्टा स्वरोजगार तालिम केन्द्रले सञ्चालन गर्ने तालिम कार्यक्रममा सहभागि हुन चाहने चन्द्रागिरि १५ तीनथाना निवासी जो कोहीले असार ५ गतेभित्र सम्पर्क गर्न सक्ने वडाध्यक्ष घनश्याम लुँइटेलले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

बिहान ७ देखी मध्यान्ह १२ बजेसम्म सञ्चालन हुने तालिम कार्यक्रम असार ६ गतेबाट ढुंगेअड्डास्थित तालिम केन्द्रमा सुरू हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ