यो वर्ष चन्द्रागिरि नगरका २० वटा योजनाले बागमती प्रदेश सरकारबाट बजेट पाउने (सूचीसहित)

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले कुल विनियोजन मध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ रहेको बताए । त्यस्तै, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख र वित्तीय व्यवस्थातर्फ  २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए ।

बागमती प्रदेशकाे बजेट ७० अर्ब ९३ करोड ९२ लाख (पूर्णपाठ)

चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्षको लागि कम्तीमा २० वटा योजना तथा कार्यक्रमका लागि बजेट पाउने भएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण पुस्तिकामा प्रकाशित विवरण अनुसार चन्द्रागिरि नगरका विभिन्न वडामा विभिन्न मन्त्रालयबाट योजनागत रूपमा बजेट विनियोजन गरिएको छ । जसअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ४ वटा योजनाका लागि बजेट विनियोजन गरिएको छ भने खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गत २ वटा योजनाका लागि बजेट विनियोजन भएको छ । त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट एउटा योजनाका लागि बजेट परेको बताइएको छ भने भाैतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका तीन योजनाले बजेट पाउँदा सामाजिक विकास मन्त्रालयबाट ३ तथा स्वास्थ्य मन्त्रालयबाट ५ वटा योजनाले बजेट पाएका छन् । आर्थिक तथा योजना मन्त्रालयका तर्फबाट चन्द्रागिरि नगरका तीन वटा योजनाले बजेट पाएका छन् ।

कुन योजनाका लागि कति बजेट यो लिंकमा हेर्नुहोस् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *