चाैथाे खेलमा नेपाल पराजित

थानकोट ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ ।
बिहीबार बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै सोमपाल कामीले ४७ रन जोड्दा देव खनालले ३४ रन बनाए । आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए ।
दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४,करण केसीले १ र कप्तान सन्दीप लामिछाने सुन्य रन आउट भए ।
अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३/३ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो ।
अमेरिकाका लागि अर्धशतकीय इनिङ खेलेका गजानन्द सिंहले ५८ रनको योगदान दिए । यस्तै सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय इनिङ खेले ।
आरोन जोन्सले ४३ रन जोड्दा सैटिजा मुक्कामल्लले ३६ रन बनाए ।
निसर्ग पटेल १८ रन अविजित रहदा क्यामरुन स्टेभेनसन १६ रनमा अविजित रहे ।
नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
यस जितसँगै अमेरिकाले सिरिजमा सुखद अन्त्य गरेको छ ।
सिरिज अन्तर्गत नै यस अघिको भेटमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो ।
लिग टु को अंक तालिकामा नेपाल पाँचौं स्थानमा रहेको छ ।
नेपालले १६ खेलमा १५ अंक जोडेको छ ।
अमेरिका २४ खेलमा २३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यस सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।
यस्तै ओमानविरुद्धको दोस्रो भेटमा नेपालले ७ विकेटको जित निकालेको थियो ।