इन्भेष्टमेन्ट र मेगा मर्जर सम्झौता, ३२ अर्बको बैङ्क बन्दै

Thankot Times

थानकोट ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैङ्कबिच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ। शुक्रवार बेलुका अलफ्ट होटलमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। मर्जरपछिको बैङ्क चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठुलो बैङ्क बन्नेछ।

शुक्रवार बेलुका सम्झौता पत्रमा नेपाल इन्भेष्टमेन्ट बैङ्कका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाण्डे तथा मेगा बैङ्कका तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका थिए।

यस अगाडि इन्भेष्टमेन्ट र हिमालयन बैङ्कबिच मर्जरको सहमति भएर पनि पछि भाँडिएको थियो।

असोजभित्र एकीकृत कारोबार गरिने गरी तयारी छ। सहमतिअनुसार मर्जपछि बन्ने बैङ्कको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क’ रहने छ। अध्यक्ष र सिइओ इन्भेष्टमेन्टकै रहने छन्। अन्य सञ्चालक दुवै बैङ्कबाट प्रतिनिधित्व गर्ने गरी तयारी भएको छ।

मेगा बैङ्कका सेयर धनीको सय कित्ता सेयर हुँदा मर्जपछि ९० कित्ता हुने गरी सम्झौता भएको छ। दुवै मर्ज सकिएपछि चुक्ता पुँजी ३२ अर्ब ८० करोड रुपैयाँ हुनेछ। नेपाल इन्भेष्टमेन्ट बैङ्कको १८ अर्ब ३० करोड चुक्ता पुँजी रहेको छ। मेगा बैङ्कको १६ अर्ब १२ करोड रहेको छ।

चुक्ता पुँजीको हिसाबले ग्लोबल बैङ्क सबैभन्दा ठुलो बैङ्क हो। जसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ। मर्जरको प्रक्रिया सकिएपछि बन्ने बैङ्कको चुक्ता पुँजी स्वाप रेसियोबाट आउने पैसाले दिने लाभांशले बैङ्कको चुक्ता पुँजी मात्र ३४ अर्बभन्दा बढी हुने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ