एसियन कप छनाेट: कुवेतसँग नेपाल ४-१ ले पराजित, कुवेतको पोष्टमा ४० वर्षपछि नेपालको गोल

Thankot Times

एएफसी एसियन कप छनाेट अन्तर्गत समूहकाे दाेस्राे खेलमा नेपाल घरेलु टाेली कुवेतसँग ४-१ ले पराजित भएकाे छ । शनिबार राती कुवेतकाे जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा भएकाे खेलमा कुवेतले नेपालमाथि एकपक्षीय नतिजा निकालेको हो ।

जाेर्डन विरुद्धकाे अघिल्लाे खेलकाे तुलनामा नेपालले कुवेत विरुद्ध आक्रामक फुटबल खेलेकाे थियाे । तर, काउन्टर अट्याकमा आफैं गाेल खायाे । कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गाेल गरे । त्यस्तै, फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गाेल गरे ।

समूहमा नेपालकाे याे लगातार दाेस्राे हार हाे । पहिलाे खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएकाे थियाे ।

नेपालका लागि दर्शन गुरुङले ईन्जुरी टाईममा सान्त्वना गाेल फर्काए ।

नेपालले ४० वर्षपछि कुवेत विरुद्ध गाेल गर्न सफल भएकाे हाे । सन् १९८२ काे एसियन गेम्सका वाई बी घलेले कुवेत विरुद्ध गाेल गरेका थिए । त्यस खेलमा नेपाल ३-१ ले पराजित भएकाे थियाे । त्यसकाे ४० वर्षपछि नेपालका दर्शन गुरुङले कुवेत विरुद्ध गाेल गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *