अमेरिकाविरूद्ध नेपाल पहिले ब्याटिङमा (लाइभ हेर्नुहोस्)

Thankot Times

नेपालका युवा आक्रामक ब्याटर आदिल अन्सारीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाविरुद्ध डेब्यू गरेका छन् । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले तीन परिवर्तन गर्दा आदिलले ओडिआईमा डेब्यू गरेका छन् । नेपालले विकेटकिपर विनोद भण्डारीलाई बेन्चमा राख्दै आदिल अन्सारीलाई ओडिआईमा डेब्यू दिएको हो । दुई महिना अघि आदिलले त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालविरुद्ध डेब्यू गरेका थिए । आदिल विष्फोटक ब्याटिङका लागि चिनिन्छन् ।

विनोदले ओमानविरुद्ध ४६ बलमा मात्र १४ रन बनाएका थिए । नेपालका दुबै पहिलो रोजाईका ओपनर आसिफ शेख र कुशल भुर्तेल फर्किएका छन् । ओमानविरुद्ध खेलेका ओपनर सुनिल धमला र सुवास खकुरेल दुबै बेन्चमा छन् । आसिफ टोलीमा फर्किएपछि विकेटकिपर विनोदलाई बेन्चमा राखेको हो ।

आसिफले विकेटकिपर गर्नेछन् । आसिफ र कुशल चोटका कारण पहिलो खेल गुमाएका थिए । यी दुई ब्याटरको आगमनले नेपालको ब्याटिङ मजबुत हुनेछ । धमलाले ओमानविरुद्ध ३८ बलमा १२ र सुवास खकुरेलले ७ बलमा ३ रन बनाएका थिए ।

यस्तो छ नेपालको प्लेइङ्ग ११ः कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *