चन्द्रागिरि नगरमा असार २ गतेबाट राष्ट्रपति रनिङ्ग शिल्ड

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ । सो प्रतियोगितामा नगर क्षेत्रका सबै विद्यालयका तोकिएको मापदण्ड पूरा गरेका विद्यार्थीहरूले सहभागिता जनाउन पाउने नगर शिक्षा शाखाले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत असार २ गतेबाट एथ्लेटिक्स, भलिबल, कराँते, तेक्वान्दो, उसु र कबड्डी खेल खेलाइने छ । प्रतियोगितामा सामेल हुन चाहने विद्यालयले जेठ ३० गते नाम दर्ता गर्न सक्नेछन् ।

प्रतियोगिताका बारेमा नगर शिक्षा शाखाले जारी गरेको सूचना हेर्नुहोस् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *