घरेलुु टाेली कुवेतविरुद्ध इतिहास बनाउने दाउमा नेपाल

Thankot Times

एएफसी एसियन कप २०२३ तेस्रो चरणको छनोटअन्तर्गत दोस्रो खेलमा शनिबार घरेलु टिम कुवेतविरुद्ध मैदान उत्रिँदा नेपाल सुखद नतिजाको खोजीमा हुनेछ ।

कुवेत सिटीस्थित अल जबर अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार राति १०ः०० बजेदेखि सुरु हुनेछ ।

नेपालले सन् १९८२ देखि हालसम्म कुवेतविरुद्ध आठ खेलमा प्रतिस्पर्धा गरेको छ । तर, त्यसमध्ये सात खेलमा नेपालले पराजय र एक खेलमा बराबरीको नतिजा निकालेको छ । । अझ नेपाले कुवेतविरुद्ध हालसम्म एक गोलमात्र गर्न सकेको छ । नेपालले सन् १९८२ मा कुवेतसँगको पहिलो भेटमा एक गोल गरेको थियो । उक्त खेलमा नेपाल ३–१ ले पराजित भएको थियो ।

नेपालले २०१९ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । यो नै नेपालको हालसम्मको उत्कृष्ट नतिजा हो । कुवेतविरुद्ध नेपालले ३० गोल बेहोरेको छ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल यसअघि पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । नेपालले छनोटको अन्तिम खेलमा जेठ ३१ गते इन्डोनेसियासँग खेल्ने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *