विष्णुदेवी शिक्षासदन मा.वि सहित बागमती प्रदेशका ५० विद्यालयमा ‘विद्यालय नर्स’को माग
थानकोट ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सको लागि आवेदन खुल्ला गरेको छ । बागमती प्रदेशले चन्द्रागिरि नगरपालिका ११ स्थित विष्णुदेवि शिक्षासदन मा.वि. सहित ५० वटा स्थानीय विद्यालयका लागि नर्सको माग गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै ‘एक विद्यालय एक नर्स बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सको लागि आवेदन खुल्ला गरेको छ । बागमती प्रदेशले ५० वटा स्थानीय विद्यालयका लागि नर्सको माग गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै ‘एक विद्यालय एक नर्स कार्यक्रम’अन्तर्गत सामुदायिक ५० वटा विद्यालयका लागि सेवा करारमा नर्स माग गरेको हो।कार्यक्रम’अन्तर्गत सामुदायिक ५० वटा विद्यालयका लागि सेवा करारमा नर्स माग गरेको हो।
प्रदेशले यसअघि वैकल्पिक सूचीमा रहेको नर्सहरुलाई नै नियुक्त गर्ने तयारी थालेको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले एक सूचना प्रकाशित गरेर ०७८ सालमा लिइएको परीक्षामा वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई नै नियुक्त गर्ने तयारी गरेको छ भने वैकल्पिकमा नरहेकाहरुको हकमा नयाँ आवेदनको माग गरिएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठले बताए ।
सबैभन्दा बढी सिन्धुपाल्चोकमा ११ वटा विद्यालयमा नर्स माग गरिएको छ । त्यस्तै, मकवानपुरका लागि ५, धादिङका लागि ४, काठमाडौंका लागि ४, सिन्धुलीका लागि ४, काभ्रेका लागि ४, नुवाकोटका लागि ४, चितवनका लागि २, रामेछापका लागि २, रसुवाका लागि १, भक्तपुरका लागि १, दोलखाका लागि ३ र ललितपुरका लागि २ जना नर्सको माग गरिएको छ ।
रिक्त रहेका ५० विद्यालयमध्ये ३१ वटा विद्यालयमा विद्यालय रहेको पालिकाका कोही पनि वैकल्पिक सूचीमा नरहेको र १९ वटा विद्यालयका पालिकामा भने वैकल्पिक उम्मेदवार रहेको बताइएको छ । वैकल्पिक सूचीमा रहेका उम्मेदवारलाई सूचना प्रकाशित भएको ५ दिन भित्र सेवा गर्न सक्ने ५ वटा पालिकाको नाम उल्लेख गरी आवेदन दिन भनिएको छ ।
सुरुवातमा एक विद्यालय एक नर्स कार्यक्रम नमुनाको रुपमा २० वटा विद्यालयमा सञ्चालन गरिएको थियो । अहिले ४ सय ६९ विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम लागू भइसकेको छ ।