बुधबारको वर्षाले चन्द्रागिरिका कैयन बस्तीहरु अस्तव्यस्त (भिडियो सहित)

Thankot Times

थानकाेट । बुधबार अपरान्हकाे वर्षापछिकाे भेल बाढीबाट चन्द्रागिरि नगरका थुप्रै बस्ती प्रभावित भएका छन् । खाेला पुरेर ह्युम पाइप राखिएका स्थानमा साे समस्या बढी देखिएकाे छ ।

अव्यवस्थित रुपमा सञ्चालन गरिएका विकास आयाेजना तथा जथाभावी डाेजर लगाइएका स्थानका सडकमा गेग्रानका पहाड बनेका छन् भने खाेला किनारका घरहरूमा पानी छिरेको छ । माैषमविद् हरुले यसपटकको वर्षामा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेकाले वर्षाजन्य विपद् बाट यसपटक बढी क्षति व्यहोर्नुपर्ने अवस्था श्रृजना हुनेतर्फ विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *