थानकोट प्राथमिक अस्पतालमा आँखा जाँच गराएका मध्ये २१ जनाको शल्यक्रिया

Thankot Times

थानकोट ।

थानकोट प्राथमिक अस्पतालमा जेठ १९ गते आयोजित निःशुल्क आँखा जाँच कार्यक्रममा मोतियाबिन्दुको लक्षण देखिएका २९ मध्ये  २१ जनाको शल्यक्रिया गरिएको छ ।

थानकोट प्राथमिक अस्पतालका निर्देशक हेमराज आचार्यले थानकोट टाइम्सलाई दिनुभएको जानकारी नेपाल नेत्र ज्योति संघ कीर्तिपुर आँखा अस्पतालको आयोजना एवं चन्द्रागिरि आइ केयर सेन्टर, चन्द्रागिरि नगरपालिका वडा नं. ४ र थानकोट प्राथमिक अस्पतालको सह आयोजनामा सम्पन्न उक्त कार्यक्रममा आँखा जाँच गरिएका मध्ये २९ जनाको थप परिक्षण गर्न प्रयोगशालामा नमुना पठाइएकोमा २१ जनाको शल्यक्रिया गरिएको हो ।

प्रयोगशाला प्रतिवेदन आएपछि मोतियाबिन्दुको शल्यक्रिया कीर्तिपुर आँखा अस्पतालमा निःशुल्क गरिएको चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

तस्बिरः सुरेन्द्र श्रेष्ठ


Leave a Reply

Your email address will not be published. Required fields are marked *