दुई बोरा नगदसहित नागढुङ्गाबाट ५ जना पक्राउ (भिडियो सहित)

Thankot Times

थानकोट ।

प्रहरी वृत्त थानकोटले स्रोत नखुलेको दुई बोरा नगद सहित १ नेपाली र ४ जना चिनियाँ नागरिक गरी ५ जनालाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलवार उनीहरु पक्राउ परेका हुन।

नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुको साथबाट ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको छ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *