वातावरण दिवसका अवसरमा मातातीर्थमा चन्द्रागिरि राइडर्स क्लबको वृक्षारोपण

Thankot Times

थानकोट ।

विश्व वातावरण दिवस आइतबार संसारभर विविध कार्यक्रम आयोजना गरि मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाउँदै आइरहेको छ । यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ ।

नेपालमा पनि विविध कार्यक्रम गरि यो दिवस मनाउने गरिन्छ । वातावरण दिवसकै अवसरमा चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रहरूमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएका छन् । चन्द्रागिरि राइडर्स क्लबले चन्द्रागिरि ६ मातातीर्थमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले सहभागिता जनाउनुभएको छ ।

यूएनडिपी,  नेपाल पर्यटन बोर्ड, जिल्ला वन कार्यालय तथा चन्द्रागिरि वडा नं. ६ कार्यालयको सहकार्यमा आयोजित वृक्षारोपण कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका क्षेत्रको हरियाली कायम राख्नका लागि वृक्षारोपण, वनजंगल संरक्षणको कार्यमा नगरपालिकाले सदैव प्राथमिकता दिँदै आएको बताउनुभयो । नगरप्रमुख गिरीले चन्द्रागिरि पहाडमा निर्माणभएको साइकलिङ ट्रेललाई थप परिष्कृत गर्नका लागि अन्य सहयोगी निकायहरूको साथै नगरपालिकाले पनि  सहयोग पुर्याउने बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा चन्द्रागिरि नगरपालिका उपप्रमुख वसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू, समाजसेवीहरू लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *