काजी कालु पाँडेको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण
थानकोट ।
नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उनको योगदानको स्मरण गर्दै मनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका- १ दहचोकस्थित पाँडेको समाधिस्थल परिसरमा काजी कालु पाँडे, तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र लेखक सुजित मैनालीले एकीकरण अभियानमा पाँडे परिवार र काजी पाँडेले गरेकाे योगदानबारे प्रकाश पारेका थिए ।
सो अवसरमा उपकुलपति गुरुङले नेपालीकरण प्रोसेस अफ नेपलाइजेशनको विकासका क्रममा विभिन्न जातजातिहरुको समन्वय र संयुक्त योगदानको शृङ्खलालाई भुल्न नहुने र इतिहासको त्यही लयका आधारमा संघीय गणतन्त्र नेपाललाई सवल बनाउन सकिने बताएका थिए ।