चन्द्रागिरि नगरपालिकामा राजश्व भुक्तानी अब ‘क्यूआर स्क्यान’ मार्फत

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा शुक्रबारबाट राजश्व संकलनमा नगद रहित कारोबार सुरू गरिएको छ । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी तथा उपप्रमुख वसन्ती श्रेष्ठले राजश्व संकलनमा नगद रहित कारोबारको सुरूवात गर्नुभएको हो ।

सोमबारबाट चन्द्रागिरि नगरपालिकाका सबै १५ वटै वडा तथा नगर पालिकाको राजश्व शाखामा सेवाग्राहीले नगद रहित भुक्तानी मार्फत क्यूआर कोड स्क्यान गरि कारोबार गर्न सक्नेछन् । नगरप्रमुख घनश्याम गिरीले दोश्रो कार्यकालको पहिलो निर्णयमा चन्द्रागिरि नगरलाई प्रविधिमैत्री बनाउने कुरा समावेश गर्नुभएको थियो ।

नगद रहित राजश्व संकलन सेवा सुरू गर्दै नगर प्रमुख गिरीले नगरपालिकाले निर्माण गरि हस्तान्तरणकाे चरणमा रहेकाे जि.पि.एस/ जि.आई.एस प्रणालीकाे नगर प्राेफाईललाई यस अनलाईन सेवासँग जाेडिने कार्य यथाशीघ्र सम्पन्न हुने र साे पश्चात नगरबासीले सम्पूर्ण सेवा अनलाईन मार्फत घरमै बसी उपभाेग गर्न सकिने कुरा जानकारी गराउनुभएको थियाे ।

त्यस्तै, नगर उपप्रमुख वसन्ती श्रेष्ठले नगद रहित राजश्व संकलन सेवा सुरू भएसँगै नगरबासीको समय बचत हुनुका साथै राजश्व संकलनमा चुस्तता आउने विश्वास व्यक्त गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *