थानकोट प्राथमिक अस्पतालमा १५० जनाको निःशुल्क आँखा जाँच सम्पन्न

Thankot Times

थानकोट ।

थानकोट प्राथमिक अस्पतालमा आयोजित निःशुल्क आँखा जाँच कार्यक्रममा १५० जनाको आँखा जाँच गरिएको छ ।

थानकोट प्राथमिक अस्पतालका निर्देशक हेमराज आचार्यले थानकोट टाइम्सलाई दिनुभएको जानकारी अनुसार बिहीबार सञ्चालित उक्त कार्यक्रममा मुख्यतः चन्द्रागिरि नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिक एवं महिलाहरूको उपस्थिति रहेको थियो ।

नेपाल नेत्र ज्योति संघ कीर्तिपुर आँखा अस्पतालको आयोजना एवं चन्द्रागिरि आइ केयर सेन्टर, चन्द्रागिरि नगरपालिका वडा नं. ४ र थानकोट प्राथमिक अस्पतालको सह आयोजनामा सम्पन्न उक्त कार्यक्रममा आँखा जाँच गरिएका मध्ये २९ जनाको थप परिक्षण गर्न प्रयोगशालामा नमुना पठाइएको छ । उनीहरूमा मोतियाविन्दुको संकेत देखिएको डा. आचार्यले बताउनुभयो ।

प्रयोगशाला प्रतिवेदन आएपछि मोतियाविन्दुको शल्यक्रिया कीर्तिपुर आँखा अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाइएको चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *