ठमेलको एक रेस्टुरेन्टले दिन थाल्यो सार्वजनिक शौचालयको सुविधा
थानकोट ।
ठमेलको एक रेस्टूरेन्टले आफ्नो शौचालय सर्वसाधारणका लागि खुला गरेको छ ।
काठमाडौं महानगरपालिकाको निर्णय र नवनिर्वाचित मेयर बालेन्द्र साहको योजनामा साथ दिन आरडीएक्स ट्याटू एन्ड बारले पब्लिक ट्वाइलेटको सुविधा उपलब्ध गराउन थालेको हो ।
काठमाडौं महानगर कार्यपालिकाको पहिलो बैठकले काठमाडौंका होटल तथा रेस्टुरेन्टहरूको शौचालय सार्वजनिक रूपमा प्रयोग गराउने निर्णय गरेको थियो ।
सोही निर्णयलाई साथ दिँदै आरडीएक्स ट्याटू एन्ड बारले सर्वसाधारणलाई आफ्नो रेस्टुरेन्टको शौचालयमा प्रवेश दिने भएको हो ।