‘अब मेड इन चन्द्रागिरिको पालो’- मेयर घनश्याम गिरी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले नगरमा उत्पादन भएका सेवा तथा वस्तुहरूको प्रवर्द्धन गरिने बताउनुभएको छ ।

चन्द्रागिरि हेल्पिङ ह्याण्डस तथा ब्रदर्स यूनिटिले चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मानमा आयोजित कार्यक्रममा नगरप्रमुख गिरीले सो धारणा राख्नुभएको हो ।

सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख गिरीले युवाहरूले देश तथा समाजमा निम्तिएका विपतहरूमा देखाएको सक्रिय उपस्थितिको नगरले उचित मुल्यांकन गर्दै आएको तथा भविष्यमा पनि सो को निरन्तरता जारी रहने बताउनुभयो ।

चन्द्रागिरि हेल्पिङ ह्याण्डस तथा ब्रदर्स यूनिटि विगतमा समाजमा पुर्याएको योगदानको मुक्तकण्ठाले प्रशंसा गर्दै नगरप्रमुख गिरीले चन्द्रागिरि नगरका हरेक समुदायमा युवाहरूको उपस्थितिमा हुने हरेक सकरात्मक क्रियाकलापहरूको नगरले प्रवर्द्धन गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख वसन्ती श्रेष्ठले विगतमा घटेका विभिन्न प्रकोपहरूमा युवाहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुहुँदै भविष्यमा पनि समाजका हरेक साना ठूला  विषयमा युवाहरूले चासो राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चन्द्रागिरि हेल्पिङ ह्याण्डस तथा ब्रदर्श यूनिटिले विगतदेखी सामाजिक क्षेत्रमा गर्दै आएका कार्यहरूको श्रव्यदृश्य प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो अवसरमा विगत पाँच वर्षदेखी परोपकारको क्षेत्रमा क्रियाशील यी संस्थाहरूले भविष्यमा सञ्चालन गर्ने कार्यहरूको समेत जानकारी दिइएको थियो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख तथा चन्द्रागिरि वडा नं. ३ र ४ का जनप्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, समाजसेवी ईश्वर लामा, इन्जिनियर भुवन गिरी लगायतले सम्बोधन गर्नुभएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *