जेठ २१ गते मच्छिन्द्रनाथको भोटो देखाइने

Thankot Times

थानकोट ।

ललितपुरको जावलाखेलमा जेठ २१ गते शनिबार मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ ।
बिहीबार पाटनस्थित मंगल टोलको मणिमण्डप पाटीमा साइत हेरेपछि किर्तिकिरण जोशीले जेठ २१ गते मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।
उनका अनुसार जेठ १८ गते बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्याइने साइत रहेको छ । जावलाखेल पुर्याएको ४ दिनपछि भोटो देखाइन्छ । हरेक वर्ष यस पाटीमा बसेर जोशीहरुले साइत हेर्ने चलन छ । जेठ २१ गते शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो जात्रा देखाइनेछ । भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । ६ महिना यस मन्दिरमा राखेपछि । ५ महिना पाटनको मच्छिन्द्रबहालस्थित मन्दिरमा सारिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ