नेपाल र अफगानिस्तानबीचको मैत्रीपूर्ण खेल रद्द

थानकोट ।
नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । यसअघि एन्फाले एएफसी कप-२०२३ को तयारीका लागि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय गरेको थियो ।
कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको हो ।
यद्यपी, नेपाली टिम भने यसै हप्ता कतार भ्रमणमा निस्कनेछ । कतारमा रहँदा नेपालले त्यहाँको स्थानीय टोलीसँग खेल्नेछ ।
एएफसी कप छनोटमा जेठ अन्तिम साता नेपालले जोर्डन, इन्डोनेसिया र कुवेतसँग खेल्नेछ । छनोटका लागि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । जसमा कप्तान किरणकुमार लिम्बूसहित नियमित टोलीका १० खेलाडी बाहिर छन् ।