सरकारी शिक्षक कर्मचारीको ‘ड्रेस’ फेरियो

Thankot Times

थानकोट ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोशाक परिवर्तन गरेको छ । केन्द्रले एक सूचना जारी गर्दै  विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको विद्यालय पोशाक परिवर्तन गरेको हाे ।

केन्द्रले तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन दिएको छ ।

शिक्षक महासंघको अनुरोधमा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको हाल प्रचलनमा रहेको विद्यालय पोशाक परिवर्तन गरिएको केन्द्रका निर्देशक गणेश प्रसाद पौडेलले बताए ।

परिवर्तन गरिएको पोशाकमा महिला पुरुषका लागि गाढा खैरो रङको सुट (कोट पाइन्ट),हल्का निलो रङको सर्ट, मौसम अनुसारको गाढा खैरो ज्याकेट कलेजी स्वेटर र कालो जुत्ता राखिएको छ ।
साडी ब्लाउज कुर्था सुरुवालमा भने रङ परिवर्तन नगरेको केन्द्रले जनाएको छ । पाेशाकको नमुना शिक्षक महासंघबाट प्राप्त गर्न सकिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *