चन्द्रागिरि नगरमा मेयर पदका १८ उम्मेदवारहरूको धराैटी जफत, कसले कति मत पाए ?

Thankot Times

थानकोट ।

२० जनाले दाबी पेश गरेको चन्द्रागिरि नगरको मेयर पदमा पुनः एक पटक घनश्याम गिरीले बाजी मारेका छन् । नेकपा एमालेका उत्तम बहादुर राउतलाई ८२४ मतले पछि पार्दै गिरीले चन्द्रागिरि नगरमा मेयर पदको दोश्रो इनिङ सुरू गर्ने जनमत पाएका हुन् । गिरीले यसपटक १५४७५ मत पाउँदा राउतले १४६५१ मत प्राप्त गरे ।

गत स्थानीय निर्वाचनमा गिरीलाई तत्कालीन एमालेका तर्फबाट मेयरका उम्मेदवार प्रल्हाद बहादुर कार्कीले पछ्याएपनि सबै वडाको ढ्वाङ गनिसक्दा नेपाली काँग्रेसका उम्मेदवार गिरी भन्दा २८८८ मतले पछि रहे जहाँ २९ हजार ४ सय ९९ मत सदर भएको थियो ।

पाँच वर्षअघि चन्द्रागिरि नगरको कुल मतदाता संख्या ३८ हजार ८ सय ३६ थियो । यसपटक यो संख्या बढेर ४७ हजार २ सय ६४ पुगेकोमा ३६७१२ मत खस्दा मेयर पदको ३३५१६ मत सदर भएको थियो ।

निर्वाचनमा भाग लिएका उम्मेदवारमध्ये खसेको कूल मतको १० प्रतिशत मत नल्याउनेको जमानत अर्थात उनीहरुले राखेको धरौटी जफत भएको छ ।

स्थानीय तह निर्वाचनका लागि धराैटी रकम तोकियो, कुन पदका लागि कति धरौटी ?

जसअनुसार चन्द्रागिरि नगरको मेयर पदमा ३६७१ मत नल्याउने उम्मेदवारको जमानत जफत हुँदा नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारहरू बाहेकको धराैटी रकम फिर्ता भएन् ।

यस्तो छ चन्द्रागिरि नगरमा मेयर पदको अन्तिम मतपरिणामः


Leave a Reply

Your email address will not be published. Required fields are marked *