चन्द्रागिरि नगरले अब आर्थिक विकासमा ध्यान दिनेछ- मेयर गिरी
थानकोट ।
चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरी पुनः विजयी भएका छन् ।
नेकपा एमालेका उम्मेदवारलाई ८२४ मतले पछि पार्दै गिरीले पुनः नगर नेतृत्व गर्ने जनमत पाएका हुन् । मेयर पदमा पुनः निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै मेयर गिरीले चन्द्रागिरिमा यस अघिको कार्यकालमा भाैतिक विकासमा ध्यान दिएको र अब नगरको आर्थिक विकासमा ध्यान दिने बताए । नगरका सबै राजनीतिक दलहरूसँग मित्रवत व्यवहार गर्दै नगरको संवृद्धिमा हातेमालो हुने धारणा राख्दै नगर प्रमुख गिरीले सबैबाट हिजोका दिनमा पाएको सहयोग भविष्यमा पनि प्राप्त हुनेमा विश्वस्त रहेको बताउँदै पुनः नगरको नेतृत्व गर्ने अवसर दिएकोमा सबैप्रति कृतज्ञ रहेको बताए ।