चन्द्रागिरि १३ को ९०० मत गणना हुँदा रूख चिन्हका सबै पदमा ४००+ मत

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ सम्मको मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहँदा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। २६५७ मत खसेको चन्द्रागिरि १३ मा रूख चिन्हका सबै ६ उम्मेदवारले ४०० मत कटाएका छन् ।

चन्द्रागिरि १३ पुरानो नैकापको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ४५५ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले ३०६ मत पाएका छन् ।

मेयरतर्फ रूख चिन्हमा ४४० मत पर्दा सूर्य चिन्हमा २९४ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *