युगान्डासँग फेरि हार्यो नेपाल

थानकोट ।
पाहुना टोली युगान्डाविरुद्धको महिला टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा युगान्डासँग १ विकेटले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।
नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर १ सय २ रन पूरा गर्यो ।
युगान्डाको जितमा रिता मुसामालीले सर्वाधिक ३० रन बनाईन् ।
यस्तै फ्रान्कलिन नाजुम्बाले १९ रन जोडिन् । जनेट बाबाजीले १६ रन जोडिन् ।
नेपालकी कविता कुँवर र शबनम राईले २/२ विकेट लिए । यस्तै सिता राना मगर र रुबिना क्षेत्रीले १/१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक २६ रन जोडिन् । सरिता मगरले २२ रन बनाईन् ।
डोली भट्ट १७ रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री ९ रनमा अविजित रहिन् ।
सिता राना मगर ६, इन्दु वर्मा ५ र अप्सरी बेगमले ३ रन जोडिन । कविता जोशी सुन्य रनमा आउट भईन् ।
युगान्डाकी जनेट बाबाजीले २ विकेट लिईन् । रिता मुसामाली, कोन्सी वेको र एन्यिपोले १/१ विकेट लिए ।
यस जितसँगै युगान्डाले पाँच खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।
यस अघि सोमबार भएको पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।
नेपालले अब बिहीबार तेस्रो टी-ट्वान्टीमा युगान्डासँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै दुई टोलीबीच चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।