काठमाडौंका १० नगरपालिकामध्ये कांग्रेसले जित्यो तीन, थप ५ मा अग्रता

Thankot Times

थानकोट ।

काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये तीन वटा नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ।

जसमा कांग्रेसले तीनै नगरपालिकामा जित हात पारेको छ। दक्षिणकाली नगरपालिकामा कांग्रेस मोहन बस्नेत विजयी भएका छन्। उनी यसअघि पनि निर्वाचित भएका थिए।

कीर्तिपुर र तारकेश्वरमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन्। दुवै नगरपालिकामा एमालेले अघिल्लो पटक जित हात पारेकोमा कांग्रेसले नतिजा उल्टाएको हो।

कीर्तिपुरमा राजकुमार नकर्मी र तारकेश्वरमा कृष्‍णहरि महर्जनले निर्वाचित भएका छन्। काठमाडौंका बाँकी सात नगरपालिकामध्ये पाँच नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ।

कांग्रेसले अग्रता लिइरहेको कागेश्वरी र टोखामा यसअघि एमाले विजयी भएको छ। गोकर्णेश्वर, चन्द्रागिरि र नागार्जुनमा अग्रता लिइरहेको कांग्रेसले यसअघि पनि मेयर जितेको थियो।

एमालेले भने एक नगरपालिकामा अग्रता लिएको छ। एमालले यसअघि जितेको बुढानिलकण्ठ नगरपालिकामा अग्रता लिइरहेको हो। यसअघि जितेका दुई नगरपालिका गुमाइसकेको एमाले तीन नगरपालिकामा पनि पछि परेको छ।

काठमाडौंमा राप्रपाले एक नगरपालिकामा अग्रता लिइरहेको छ। कांग्रेस र समाजवादीबीच गठबन्धन भएको शंखरापुरमा राप्रपाले अग्रता लिइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *