चन्द्रागिरि ९ मच्छेगाउँमा नेपाली काँग्रेसका अच्युत अधिकारी विजयी

थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ९ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ८ र १० काे मतगणना जारी छ ।
प्राप्त मतपरिणाम अनुसार चन्द्रागिरि ९ मा नेपाली काँग्रेसका उम्मेदवार अच्युत अधिकारीले वडाध्यक्ष पदमा जित हात पारेको बताइको छ । अधिकारीले १०८९ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ८६३ मत पाए । वडा सदस्यका ४ पदमा भने नेकपा एमालेका उम्मेदवारहरूले बाजी मारेका छन् ।
यस वडामा नेपाली काँग्रेस, एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको थियो ।
२२८२ मत खसेको चन्द्रागिरि ९ को नेतृत्व लिन १ स्वतन्त्र सहित ४ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।
Congratulation dai dherai dherai badhai👍👍👍👍