चन्द्रागिरि ९ मच्छेगाउँको मतगणना जारी

थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ७ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ८, ९ र १० काे मतगणना जारी छ । वडा नं. ८ को करीब ३ सय मत गणना हुन बाँकी रहेको बताइएको छ । जहाँ नेपाली काँग्रेसका उम्मेदवारले अग्रता जारी राखेका छन् ।
चन्द्रागिरि ९ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाउने क्रममा ९४७ मत पाएका छन् ।
२२८२ मत खसेको चन्द्रागिरि ९ को नेतृत्व लिन १ स्वतन्त्र सहित ४ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।