चन्द्रागिरि १० को मतगणना जारी

थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ७ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ८, ९ र १० काे मतगणना जारी छ ।
चन्द्रागिरि १० मा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । १०० मत गणना हुँदा उसले वडाध्यक्ष पदमा ४०, एमालेका उम्मेदवारले ३२ तथा काँग्रेसका उम्मेदवारले १७ मत पाएका छन् । यहाँ २२५१ मत खसेको छ ।