बलम्बुमा चन्द्रागिरि ७ को सेलिब्रेशन सुरू

थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३, ४, ५, ६ र ७ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ८ र ९ काे मतगणना जारी रहँदा १० नं. को गणना तयारी हुँदैछ ।
पछिल्लो मत परिणाम अनुसार चन्द्रागिर ७ नंं वडाको वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार शम्भुकुमार केसी विजयी भएका छन् । यो सँगै नेपाली काँग्रेसले चन्द्रागिरि नगरमा चारवटा वडामा जित दर्ता गरेको छ ।
शम्भुकुमार केसीको प्यानल विजयी भएपछि बलम्बुमा अहिले नेपाली काँग्रेसका समर्थकहरूले बाजागाजा सहित विजय उत्सव मनाइरहेका छन्।
मत संख्या पनि उल्लेख गर्नु भएको भए, पाठकलाई सहज हुन्थ्यो ।
अघिल्लो पोष्ट हेर्नुहोला ।