यस्तो छ चन्द्रागिरि ७ को विस्तृत मतपरिणाम, वडाध्यक्षको १३३ मत बदर

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३, ४, ५, ६ र ७ को मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि ८ र ९ काे मतगणना जारी रहँदा १० नं. को गणना तयारी हुँदैछ ।

पछिल्लो मत परिणाम अनुसार चन्द्रागिर ७ नंं वडाको वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार शम्भुकुमार केसी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार श्रीहरी थापालाई पराजित गरि केसी पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् । गत स्थानीय तह निर्वाचनमा केसीले थापालाई  नै पराजित गरेका थिए ।

वडाध्यक्षमा विजय प्राप्त गरेका नेपाली काँग्रेसका उम्मेदवारले ८०४ मत पाए भने नेकपा एमालेका उम्मेदवारले ६७६ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका उम्मेदवारले २४४ मत प्राप्त गर्दा हलो चुनाव चिन्हका उम्मेदवारले १२८ मत पाउँदा यस पदको १३३ मत बदर भएको छ ।

नगरप्रमुख पदमा सूर्य चिन्हमा ८२९ मत पर्दा रूख चिन्हमा ८०१, ढल्केको छातामा १२ तथा कलम चिन्हमा ७० र हलो चिन्हमा ८८ मत परेको छ । यो पदको १६२ मत बदर भएको छ ।

२०१९ मत खसेको चन्द्रागिरि ७ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *