चन्द्रागिरि ७ मा दोहोरिए नेपाली काँग्रेसका शम्भुकुमार केसी

थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३, ४, ५, ६ र ७ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ८ र ९ काे मतगणना जारी रहँदा १० नं. को गणना तयारी हुँदैछ ।
पछिल्लो मत परिणाम अनुसार चन्द्रागिर ७ नंं वडाको वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार शम्भुकुमार केसी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार श्रीहरी थापालाई पराजित गरि केसी पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् । गत स्थानीय तह निर्वाचनमा केसीले थापालाई नै पराजित गरेका थिए ।
२०१९ मत खसेको चन्द्रागिरि ७ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।