चन्द्रागिरि ९ को १५०० मतगणना सम्पन्न हुँदा फेरियो अग्रता

थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ६ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ७, ८ र ९ काे मतगणना जारी छ । वडा नं. ७ को १ सय भन्दा कम मत गणना हुन बाँकी रहेको बताइएको छ । जहाँ नेपाली काँग्रेसका उम्मेदवारले अग्रता जारी राखेका छन् ।
चन्द्रागिरि ९ मा १५०० मत गणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवारले अग्रता बनाइरहेका छन् ।
मत गणनाको पछिल्लो विवरण अनुसार वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ६०५ मत मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ७२६ मत पाएका छन् । यस वडामा नेपाली काँग्रेस , एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको छ ।
मेयर पदमा नेपाली काँग्रेसले ४८२ मत पाएको छ भने नेकपा एमालले ७४७ मत पाएको छ ।
२२८२ मत खसेको चन्द्रागिरि ९ को नेतृत्व लिन १ स्वतन्त्र सहित ४ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।