यस्तो छ चन्द्रागिरि ५ को विस्तृत मतपरिणाम
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।
चन्द्रागिरि नगरका विभिन्न ६ वटा वडाको मतगणना सकिँदा नेपाली काँग्रेसले वडा नं. १, ३ र ४ मा जित हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं. २ र ५ जितेको छ । त्यस्तै नेकपा एमालेले वडा नं. ६ जितेको छ ।
अहिले चन्द्रागिरि ७, ८ र ९ को मतगणना जारी छ ।
चन्द्रागिरि ५ मा नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन प्यानल सहित निर्वाचित भएको छ जसको नेतृत्व राजेन्द्र महर्जनले गरेका थिए । महर्जन गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।
वडाध्यक्ष पदमा हसिँया हताैडा चुनाव चिन्हका उम्मेदवारले १०५० मत पाएका छन् । जहाँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन गरिएको थियो । दोश्रो स्थानमा सूर्य चुनाव चिन्हका उम्मेदवार सूर्य बहादुर महर्जनले ४६६ मत पाएका छन् । राप्रापा त्रिरत्न श्रेष्ठले २०६ मत पाए भने स्वतन्त्र उम्मेदवार बुद्ध महर्जनले ४८ मत प्राप्त गरे । कलम चुनाव चिन्ह भएका अमिर श्रेष्ठले ९ मत प्राप्त गरेका छन् ।
यस वडाको दलित महिला सदस्य पदमा ६५२ मत सहित माओवादी केन्द्रकी उम्मेदवार संगीता नेपाली विजयी हुँदा नेकपा एमालेकी चम्फे नेपालीले ५३१ पाइन् । नेपाली निवर्तमान दलित महिला सदस्य थिइन् । त्यस्तै महिला सदस्यमा जिल्ला समन्वय समितिकी निवर्तमान सदस्य समेत रहेकी तेजिला थापालार्इ पराजित गर्दै संगिता महर्जनले जित सुनिश्चित गर्दा ८३३ मत पाइन् । महर्जन नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी थिइन् ।
त्यस्तै खुल्ला सदस्य पदमा नेपाली काँग्रेसकै महेन्द्र महर्जन तथा सरिता थापा विजयी भए ।